गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेट
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।
ललितपुरको खुमलटारस्थित दाहालको निवासमा आइतबार बिहान उनीहरूका बीच भेटवार्ता भएको हो । भेटमा स्थानीय तहको निर्वाचन र तयारीहरूका विषयमा छलफल भएको बुझिएको छ ।
स्थानीय तहको निर्वाचनको तयारी धमाधम भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री खाण खुमलटार पुगेको चर्चा छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेलका विषयमा दुईथरी अभिव्यक्ति आएका छन् ।
कांग्रेसभित्रको एउटा सानो समूहले कम्युनिस्ट मिल्न नहुने बताउने गरेको छ । सभापति देउवा चुनावी गठबन्धनका पक्षमा छन् ।
Published : Sunday, 2022 March 27, 12:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया