देउवाको तयारीबारे कांग्रेसका कार्यकर्ताले बल्ल कुरा बुझे

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए ।

‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि लागिपर्ने हुन जान्छ’, उनले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’

विगतमा कांग्रेस पार्टीले पराजय भोग्नुपरेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको बताएका छन् ।

शेखर कोइराला समूहले गठबन्धन गर्न नहुने बताउँदै आएको छ । शेखर समूह देउवालाई कमजोर बनाउने नाममा कांग्रेसलाई नै समाप्त पार्ने गरे हर्कत गरेको आरोप छ ।

Published : Saturday, 2022 March 26, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया