आरज राणाद्वारा देशभरिका तरुण परिचालन गरेर कांग्रेसलाई जिताउन अध्यक्ष गुरुङसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङलाई कार्यकालको शुभकमना दिएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा अध्यक्ष गुरुङलाई राणाले तोकिएको जिम्मेवारीअनुसारको काम समयमा गर्न सुझाव दिएकी छिन् । उनले देशभरिका तरुणहरूलाई कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका खेल्न आग्रह गरेकी छिन् ।

नेतृ राणाले भनेकी छिन्, ‘स्थानीय तहको निर्वाचन आउन लागेको छ । एक महिनापछि मतदान हुनेछ । निर्वाचनमा कांग्रेसलाई जिताउने गरेर काम गर्नु होला । देशभरिका तरुणहरूलाई परिचालन गर्नु होला ।’

नेतृ राणाले सबैलाई मिलाएर अगाडि बड्न् र आउने तीन तहको चुनावमा कांग्रेसलाई जितका लागि सहयोग गर्नुपर्ने बताएकी हुन् ।

Published : Saturday, 2022 March 26, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया