रामचन्द्रले शक्ति देखाएपछि शेखर समूहको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

काठमाडौंमा शुक्रबार आफूनिकट जिल्ला सभापतिरूलाई बोलाएर उनले छलफल गरेका हुन् । पौडेलले आफ्नो समूहका नेता–कार्यकर्ताको संरक्षण आफूले गर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले छुट्टै समूहको नेतृत्व गर्नेभन्दै आफूलाई साथ दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

पौडेलले बोलाएको बैठकमा शशांक कोइराला, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, शुक्रराज शर्मा, मोहन पाण्डेसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकमा शेखर कोइरालालाई बोलाइएको थिएन । शेखर समूहले अलग गुटबन्दी गर्दै आएको छ ।

Published : Friday, 2022 March 25, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया