अग्नि सापकोटले आफ्नै क्षेत्रमा गर्न नसकेको काम कांग्रेसले गरेर घरमै लगेपछि माओवादी मुर्छित

ठोकर्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सुनकोशी गाउँपालिका– १ ठोकर्पामा मिटर जडित खानेपानीको उद्घाटन गरेका छन् ।

बिहीबार ठोकर्पामा आयोजित कार्यक्रममा बस्नेतले खानेपानीको उद्घाटन गरेका हुन् । यो वडालाई मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने पहिलो वडा घोषणा गरिएको छ ।

मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा बनेको छ । वडाका सम्पूर्ण घरधुरी तथा संघ, संस्थाहरूसहित ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडाध्यक्ष नेत्रबहादुर कार्कीले जानकारी दिएका छन् । उनले आफ्नो अभियान र योजनालाई पूर्वमन्त्री एवम् कांग्रेस नेता बस्नेतको सहयोगमा पूरा भएको भन्दै सहयोग गर्न सबैलाई धन्यावाद दिएका छन् ।

ठोकर्पाका अत्यन्त सुख्खा ग्रस्तक्षेत्रमा पर्छ । वडा नं. १ का जनताले विगत लामो समयदेखि खानेपानीको चरम अभाव भोगिरहेका थिए ।

सुख्खा समयमा खानेपानी मागको करीव ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरूबाट खानेपानीको अपूर्ति भइरहेको वडाध्यक्ष कार्कीले बताएका छन् ।

वर्षातको समयमा करीव शतप्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी सिस्टममा जोडेर अपूर्ति गरिएको कार्कीले बताए ।

जानुका भण्डारीले खानेपानीको धारा आफ्नै घरमा आएपछि खुसी व्यक्त गरेकी छिन् । उनले कांग्रेसका नेता बस्नेतसहितको पहलमा खानेपानीको सुविधा भएको भन्दै धन्यावाद दिएकी छिन् ।

२०७२ सालको भूकम्पपछि खानेपानीको झन् समस्या भएको थियो । भूकम्पले मुहान बन्द भएका थिए । खानेपानीकै अभावले गर्दा स्थानीय जनताले गाउँनै छाड्नु पर्ने अवस्थामा थिए ।

२०७५ जेठ महिनाको १५ गते ‘घर–घरमा धारा, घर–घरमा पानी’ अभियानको थालनी गरिएको थियो ।

पहिलो चरणमा वडाको तल्लो भागमा रहेको एउटा मुहानलाई लिफ्टिङमार्फत माथिल्लो स्थानसम्म लागि ६४ घरधुरीमा पानी उपलब्ध गराउन सफल भएको थियोे ।

वडामा रहेका खानेपानीको अन्य प्राकृतिक श्रोतहरूको खोजी गरी पानीलाई एकीकृत गरी वडाको सम्पूर्ण घरधुरीमा पानी पुर्‍याउने लक्ष्यले एउटा डिपबोरिङ, ३ वटा लिफ्टिङ र अन्य स–साना प्राकृतिक श्रोतहरूलाई समेत संकलन गरी खानेपानी योजनाहरू सम्पन्न गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी ‘विनोद’ले जानकारी दिए ।

खानेपानी संकलन र वितरणका लागि २६ वटा रिजर्भ तथा वितरण ट्याङ्कीहरू निर्माण गरिएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा पार्ने सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । वडा नं. १ पनि वडाध्यक्ष कांग्रेसकै हुन् ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले जितेका छन् । सापकोटाले सिन्धुपाल्चोकमा विकासको नाममा सिन्को पनि भाँच्न सकेका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा समेत विकास गर्न नसकेको सापकोटाकै कार्यकर्ताको आरोप छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बस्नेतका पहलमा सुख्खाग्रस्त वडाका सबै घरमा खानेपानीको मिटर जडित धारा पुगेपछि सभामुख समेत रहेका माओवादी नेता सापकोटा जिल परेका छन् ।

कांग्रेसले गरेको विकास देखेपछि सापकोटालाई तनाब भएको छ ।

Published : Friday, 2022 March 25, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया