चुनावको मुखमा औकातमा उत्रियो शेखर समूह, गगनले पनि साथ दिए, भाग नदिए सशक्त प्रतिकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउने गरेर निर्णयहरू गर्न थालेपछि शेखर कोइराला समूहको टाउको दुःख थालेको छ ।

आगामी निर्वाचनमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवाद पार्टी, नेपाल (जसपा)सँग चुनावी गठबन्धन गर्न सभापति एवम् प्रधानमन्त्री देउवाले तयारी गरेका बेला शेखर समूहले असहयोगको नीति लिएको हो ।

कम्युनिस्टलाई मिल्न नदिन देउवाले रणनैतिक तयारी गरेका छन् । तर, शेखर समूहले कम्युनिस्टलाई मिलाउने गरेर हर्कत गरेपछि कांग्रेसका नेता कार्यकर्ता दिक्क भएका हुन् ।

सभापति देउवाले नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेपछि शेखर समूहलाई तनाब भएको छ ।

शेखर समूहले बुधबार काठमाडौंमा गुटको भेला राखेर देउवाको आलोचना गरेको छ । शेखर समूहले पार्टीमा देउवासँग भाग खोज्ने निर्णय गरेको एक नेताले बताएका छन् ।

पार्टीभित्र सबै किसिमको निर्णय र अवसरमा आफूहरूलाई भाग दिनुपर्ने अन्यथा सशक्त प्रतिकार हुने शेखर समूहले निर्णय गरेको छ ।

गुटको राजनीति अन्त्यको नारा दिएर महामन्त्रीमा जितेका गगन थापाले नै शेखर समूहलाई साथ दिएर भागबण्डा खोजेपछि युवाहरू निरास बनेका छन् ।

शेखर समूहको गुटको बैठकमा नेता शेखर कोइराला, उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सह–महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, अजयबाबु शिवाकोटी, सञ्जय गौतम, प्रतिमा गौतम लगायत सहभागिता रहेको थियो ।

Published : Wednesday, 2022 March 23, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया