स्वदेशी कलाकार र व्यापारीमाथि आतंक मच्चाएर आलेद्वारा सलमानको स्वागत

काठमाडौं । नेपालका उद्योगी र व्यवसायीहरूविरुद्ध आतंक मच्चाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय अभिनेताको खुलेर प्रशंसा गरेका छन् ।

स्वार्थअनुसारको काम नभएपछि बतास समूह, होटेल याक एण्ड यती, क्यासिनोलगायतका व्यवसायीहरूलाई आतंकित पारेर अर्बौंको लगानी चौपट बनाएका आलेले भारतीय अभिनेता सलमान खानको प्रशंसा गरेका हुन् । सलमान खान काठमाडौंमा कार्यक्रमका लागि आउन लागेका छन् । उनी काठमाडौं आउँदा लाखौं रुपियाँ पारिश्रमिक लिनेछन् । त्यो नेपाली पैसा सलमानले भारत लैजानेछन् ।

आलेले बुधबार सलमानसँग भिडियोमा कुरा गर्दै सन् १९८८ मा आफू मुम्बईमा हुँदा ‘मैने प्यार किया’ फिल्म पटक–पटक हेरेको भनेर खुसी व्यक्त गरेका छन् । त्यस बेला आफ्ना बुबा भारतीय रेल्वेमा कार्यरत रहेको र आफू पनि मुम्बईमा बसेको आलेले जनाएका छन् ।

आफ्नै मुलुकका उद्योगी र व्यवसायीको व्यवसाय बन्द गराएर अर्बौंको लगानी डुकाउन हर्कत गरेका साँढे मन्त्रीका नामले परिचित आलेले नेपाली रुपियाँ भारत पठाउने गरेर क्रियाकलाप गरेको भनेर आलोचना भएको छ ।

मन्त्री आलेले ओडिसी इन्टरटेनमेन्टको प्रशंसा गरेका छन् । बतास समूह, होटेल याक एण्ड यती लगायतमाथि आतंक मच्चाएका आलेले ओडिसीप्रति किन मोह देखाएका हुन् खोजविनको विषय बनेको छ ।

बुधबार सोल्टी होटलमा बसेर मन्त्री आलेले सलमान खानसँग भिडियो संवाद गरेका हुन् ।

पत्रकार सम्मेलनमा ओडिसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो । कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ ।’

Published : Wednesday, 2022 March 23, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया