उर्मिलाका हत्यारालाई कारबाही गर्ने प्रधानमन्त्री देउवाको चेतावनी, अपराधीहरूको भागाभाग

सुन्दरहरैँचा । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ घटनामा संलग्नलाई कारवाही हुने चेतावनी दिएका छन् ।

सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुने बताएका हुन् ।

आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए ।

लेटाङ नगरपालिका–५ की बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा हानिँदा उनको निधन भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले पनि उर्मिला श्रेष्ठको हत्याको घटनाको छानविन गरेर दोषीलाई हदैसम्म कारबाही गर्ने चेतावनी दिएका छन् । खाणले उर्मिलाको परिवारलाई क्षतिपूर्ति पनि दिने जनाएका छन् ।

Published : Monday, 2022 March 21, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया