एआईजी बढुवामा ठूलो झट्का, प्रहरी हेडक्वाटरमा खैलाबैला

काठमाडौं । लोकसेवा आयोगमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि प्रहरी मुख्यालयमा खैलाबैला भएको छ ।

असन्तुष्ट डीआइजीहरूले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका हुन् । उनीहरूले वरियता मिचेर बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका हुन् ।

वरीयता मिचेको विरोधमा डीआइजी ईश्वरबाबु कार्कीले लोकसेवामा उजुरी बुझाएको जानकारी दिएका छन् । उजुरी दर्ता भएको छ वा छैन केही भनिएको छैन ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले एआइजी बढुवाउपर उजुरी परेको बताए ।

गृह मन्त्रालयको बढुवा समितिले गत चैत १ गते तीन जना डीआइजी वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई बढुवा सिफारीस गरेको थियो ।

आइजीपी शैलेश थापा क्षेत्रीका व्याची हुन् । सिंह र धानुक पछिल्लो व्याची हुन् ।

आफूभन्दा पछिल्लो व्याचीलाई वरियता मिचेर एआइजीमा सिफारिस भएको भन्दै कार्कीसहित डीआइजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की लोकसेवा आयोगका साथै अदालत जाने तयारीमा छन् ।

तीन जना डीआइजी आइजीपीका व्याची हुन् । समितिले वरियतामा पछाडि, आचरण र कार्यसम्पादनमा कमजोर व्यक्तिहरूलाई बढुवा सिफारिस गरेपछि प्रहरी संगठनभित्र असन्तुष्टि बढेको छ ।

Published : Sunday, 2022 March 20, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया