डोटीमा कम्युनिस्ट–राप्रपाका एक हजारभन्दा धेरै कांग्रेसमा प्रवेश, बलायर र गिरीद्वारा स्वागत

डोटी । डोटी जिल्लामा कम्युनिस्ट समर्थक कार्यकर्ता र स्थानीय नेताहरूनेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार डोटी जिल्लामा आयोजित कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेसलाई जितऔं’ अभियानअन्तर्गतको बृहत आमसभामा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजदवादी) र राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई सुदूरपश्चिम प्रदेश कांग्रेसका सभापति वीरबहादुर बलायर र पूर्व केन्द्रीय सदस्य किरण गिरीले पार्टीमा स्वागत गरेका हुन् ।

कम्युनिस्ट र राप्रपाका स्थानीय नेता र कार्यकर्ता पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको कांग्रेसको अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले जानकारी दिए ।

कांग्रेसमा १ हजार १ सय ६३ जना प्रवेश गरेका छन् ।

पूर्व केन्द्रीय सदस्य गिरी डोटी जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् । एक हप्ताभन्दा धेरै समय डोटीमा रहेर कांग्रेसको संगठन निर्माणमा गिरीले स्थानीय नेताहरूसँगको समन्वयमा काम गरेका छन् ।

कम्युनिस्टहरूले एमसीसीका विषयमा गलत प्रचार गरेर जनतालाई भ्रम छरेपछि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएर कम्युनिस्टको भण्डाफोर गरेको छ ।

नेता गिरीले एमसीसीका विषयमा कम्युनिस्टले फैलाएको भ्रमलाई डोटीमा प्रष्ट पार्ने प्रयास गरेका छन् । गिरीलाई सुदूरपश्चिम कांग्रेसका सभापति बलायरसहितका नेताहरूले साथ दिएका छन् ।

Published : Thursday, 2022 March 17, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया