भारतले राजदूत शर्माका लागि पठायो एग्रिमो

काठमाडौं । भारतले राजदूत सिफारिस भएका डा.शंकर शर्माको एग्रिमो पठाएको छ ।

शर्माको एग्रिमो भारतले मंगलबार परराष्ट्र मन्त्रालयमा पठाएको हो । शर्माको संसदीय सुनुवाइ गरिएको थियो ।

भारतले तीन महिनापछि शर्माको एग्रिमो पठाएको छ ।

तत्कालीन झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारद्वारा भारतमा पठाइएका राजदूत निलाम्बर आचार्यलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले फिर्ता बोलाएको थियो ।

कम्युनिस्ट समर्थक आचार्यलाई फिर्ता बोलाएर कांग्रेस समर्थक शर्मालाई राजदूत बनाएर नेपाल सरकारले भारत पठाउन लागेको छ ।

Published : Wednesday, 2022 March 16, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया