‘हावा खुस्किए’पछि भीम रावलको मिटर ‘डाउन’, कांग्रेसको बहादुरीवाला काम

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा कथित राष्ट्रवादी कम्युनिस्टहरूलाई नङ्ग्याइदिएपछि तरंग उत्पन्न भएको छ ।

एमसीसीलाई राष्ट्रघाती र अमेरिकी सेना आउँछ भनेर जनतालाई भ्रम छर्ने एमालेका नेता भीमबहादुर रावलसहितका कथित राष्ट्रवादीहरूलाई देउवाले नङ्ग्याइदिएपछि एमसीसीले आकार लिन थालेको छ ।

एमसीसी ल्याउनका लागि निवेदन दिने र एमसीसीलाई पैसा छुट्याउने काममा रावल पनि छन् । उनकै पार्टी एमालेले नै संसदमा एमसीसी अनुमोदनका लागि दर्ता गराएको थियो । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्थमन्त्री युवराज खतिवडाले नै एमसीसीलाई संसदमा दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवाले त्यो बेलाको मन्त्रिपरिषदमा रहेका रावल र उनको पार्टीले एमसीसी अगाडि बढाउँदा किन चुप बसेको भनेर टिप्पणी गरेपछि रावलको ‘हावा खुस्किए’को छ । सोमबारदेखि एमालेका नेता रावलको ‘मिटर डाउन’ भएको छ । उनको बोली कमजोर भएको छ ।

रावल मात्रै होइन एमसीसीको विरोध गर्ने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, माओवादीका कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा, नारायणकाजी श्रेष्ठहरू सबै एमसीसीको निर्णय प्रक्रियामा सहभागी भएको प्रमाणहरू बाहिरिएका छन् ।

एमसीसीमार्फत अमेरिकाले नेपाललाई अनुदानमा ठूलो रकम दिन थालेको छ । त्यो रकमले नेपालको प्रसारण लाइन र बाटो मर्मतमा काम हुनेछ । तर, कथित राष्ट्रवादी कम्युनिस्टहरूले एमसीसीलाई राष्ट्रघाती भनेर भ्रम फिजाएर उत्पात मच्चाएका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसीको धेरै विरोध गर्ने एमालेका नेता रावललाई ‘त्यस बेला दिमाग खुस्किएको थियो ?’ भनेर प्रश्न गरेपछि रावलको झुठको पर्दाफास भएको छ । एमसीसी ल्याउने निर्णय गर्ने खड्गप्रसाद ओलीको मन्त्रिपरिषदमा रावल उप–प्रधानमन्त्री र रक्षामन्त्री थिए ।

यदि एमसीसी राष्ट्रघाती थियो भने त्यस बेला रावलले राजीनामा दिनुपर्ने थियो । रावलले राजीनामा दिएनन् । अहिले आएर रावल एमसीसीको विरोध गरेर खुब राष्ट्रवादी बनिरहेका छन् ।

प्रधानमन्त्री देउवाले एक झट्कामा रावलको खोल ओडेको राष्ट्रवादी अनुहार बाहिर ल्यायदिएका छन् । देउवा धेरै बोल्दैनन् । तर, चाहिने जति थोरै मात्र बोल्छन् । उनको यो अभिव्यक्तिपछि एमसीसीको कुरा छर्लङ्ग भएको छ ।

Published : Tuesday, 2022 March 15, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया