सिन्धुपाल्चोक कांग्रेसमा मोहन बस्नेतले काम फत्ते गरेपछि बालुवाटारमा खुसीयाली, भगौडाको रुवाबासी

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा संस्थापन समूहले जिल्ला कार्यसमिति कब्जा गरेको छ ।

संस्थापनलाई जिताउन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो टिमलाई जबरजस्त कमाण्डिङ गरेका थिए । बस्नेतले आफ्ना नेता कार्यकर्ताहरूलाई भनेका थिए– ‘पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सिन्धुपाल्चोक कांग्रेसको ठूलो भूमिका हुन्छ, संस्थापनले जित्नुपर्छ ।’ नेता बस्नेत आफ्नो मिशनमा सफल भएका छन् ।

संस्थापनका जंगबहादुर तामाङले सभापतिमा शानदार मतसहित जित हासिल गरेका छन् । जंगबहादुरले सभापतिमा वंशलाल तामाङलाई पराजित गरेका थिए । वंशलाललाई संस्थापनका सभापतिका भगौडा ‘बागी’ उम्मेदवारले समर्थन गरेका थिए ।

भगौडा बागीले वंशलाललाई समर्थन गर्न भनेकै भरमा कांग्रेसका प्रतिनिधिहरूले भोट दिएनन् । बरु संस्थापनलाई नै मतदान गरेका थिए ।

सिन्धुपाल्चोक कांग्रेसमा ५३ सदस्यीय कार्यसमितिका लागि मतदान भएको थियो । त्यसमा पनि १५ जना सदस्य संस्थापनकै सर्वसम्मत भइसकेका थिए । छिटफुट बाहेक सबै संस्थापनले जितेको छ । ५३ पदमध्ये ३ पद अर्को पक्षले जितेको छ । तीन जनामा पनि दुई जना संस्थापनकै हुन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा संस्थापनका ११ जना महासमिति सदस्यमा पनि सर्वसम्मत भएका छन् ।

संस्थापनभित्रबाटै केही केन्द्रीय नेताहरूले प्रेमध्वज लामालाई सभापतिमा बागी उठाइदिएका थिए । सिन्धुपाल्चोकमा संस्थापन बलियो छ । तैपनि संस्थापनभित्रका केही अवसरवादी नेताहरूले संस्थापनलाई नै कमजोर बनाउन खोजेपछि त्यसहको हिसाब–किताब आगामी दिनेमा हुनेछ ।

नेता बस्नेतले संस्थापनका आधिकारिक सभापतिका उम्मेदवार जंगबहादुरलाई जिताउन मैदानमा आफै खटिनु परेको थियो । संस्थापनको टिमलाई जिताउन बस्नेतले एकदिन पनि मैदान छाडेनन् ।

नेता बस्नेत र उनको समूहलाई रोक्न कम्युनिस्टहरू पनि लागेका थिए । अर्को समूहलाई बस्नेतविरुद्ध उकासेको चर्चा सिन्धुपाल्चोक कांग्रेसभित्र छ । कम्युनिस्टहरू बस्नेतलाई कमजोर बनाउँदा कांग्रेसलाई हराउन सकिन्छ भनेर बसेका थिए । कम्युनिस्टको पनि सपना नेता बस्नेतले भताभुङ्ग बनाइदिएका छन् ।

प्रेमध्वजले संस्थापनलाई छाडेर भागेपछि उनको राजनीति भताभुङ्ग बनेको छ । अब उनको सिन्धुपाल्चोकको राजनीतिमा कालोबादल लागेको छ ।

सभापतिमा तेस्रो नम्बरमा परेपछि प्रेमध्वजले पत्रकार सम्मेलन गरेर संस्थापनको विपक्षमा सभापतिमा उम्मेदवार बनेका वंशलाल तामाङलाई घोषित रुपमा समर्थन गरेका थिए ।

प्रेमध्वजले वंशलाललाई समर्थन गर्नेवित्तिकै आफ्नो खुट्टामा आफै बञ्चरो हानेका थिए । बरु चुप लागेर संस्थापनलाई साथ दिएको भए प्रेमध्वजको बुद्धिमानी कदम हुने थियो । आवेगमा आएर निर्णय गर्दा प्रेमध्यवज धुजाधुजा भएका छन् ।

प्रेमध्वजको प्रध्यापकको जागिर पनि फुत्किएको छ । संस्थापन समूह पनि फुत्किएको छ । अब प्रेमध्वजले कसरी राजनीति गर्ने हुन् प्रश्न उठेको छ ।

सभापतिमा जंगबहादुर लामा, उप–सभापतिमा टंकबहादुर कार्की र दोर्जे लामा ‘हाउडे’, सचिवमा भक्तध्वज बोहरा र रमेशराज भण्डारी, सह–सचिवमा कृष्णभक्त नेपाल र नरेश कार्की निर्वाचित भएका छन् ।

एक जना उप–सभापति र एक जना सह–सचिव अर्को टिमबाट जिते पनि उनीहरू संस्थापनभित्रकै मानिन्छन् ।

सदस्यमा तुल्सीकुमारी श्रेष्ठ, दीपकप्रसाद अर्याल, प्रकाश तामाङ, इन्द्रमाया तामाङ, जीवन राउत, सानु तामाङ, ऋषिराम दुलाल, विदुरप्रसाद घोरासैनी, सजिना श्रेष्ठ, सुनिता नेपाली, भोजराज श्रेष्ठ, सञ्जीव तामाङलगायत निर्वाचित भएका छन् ।

Published : Tuesday, 2022 March 15, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया