बालकोटमा चिनियाँ राजदूतको प्रवेश, दुई घण्टा गोप्य वार्ता

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् ।

सोमबार भक्तपुरको बालकोटस्थित निवासमा राजदूत यान्छीले ओलीसँग भेट गरेकी हुन् । भेटमा के कुरा भएको थियो केही भनिएको छैन ।

ओली र यान्छीबीच करीव दुई घण्टा लामो वार्ता भएको थियो ।

चैत १२ गते चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यीको सरकारसहित चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू काठमाडौं आउँदैछन् ।

चिनियाँ भ्रमण टोलीको तयारीका विषयमा ओलीसँग यान्छीले भेटवार्ता गरेको हुन सक्ने बुझिएको छ ।

यसअघि चिनियाँ राजदूत यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरिसकेकी छिन् ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि चीनले नेपालमा चासो राख्दै आएको छ । एमसीसी लागू हुने भएपछि चीनको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको छ ।

Published : Tuesday, 2022 March 15, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया