सर्लाही कांग्रेसमा ‘अक्टोपस’ समूहको पत्तासाफ, सभापतिमा सुरेन्द्रको शानदार जित, जिल परे चन्द्र भण्डारी

मलंगवा । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन समूहका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न मतगणनाअनुसार सिंहले १ हजार ७ सय ५८ मतसहित जित हासिल गरेका हुन् । सिंहले आफ्ना प्रतिद्वन्द्वीलाई ३८० मतको अन्तरले नराम्रोसँग हराएका हुन् ।

शेखर कोइराला समूहका सभापतिका उम्मेदवार लक्ष्मण रायले रायले १ हजार ३७८ मत पाएका थिए । शेखर समूहका सर्लाही कांग्रेसका नेता अमरेशकुमार सिंहले जिल्ला अधिवेशन बिथोल्न पटक–पटक हर्कत गरेका थिए ।

नेपाली राजनीतिमा ‘अक्टोपस’को उपाधि पाएका अमरेश सर्लाही कांग्रेसभित्र भाँडभैलो मच्चाउने नेताका रुपमा परिचित छन् ।

अमरेशका कारण दुई पटक अधिवेशन स्थगित भएको थियो । पहिलो पटक अमरेशका समर्थकले निर्वाचन अधिकृतलाई कुटपिट गरेर लखेटेका थिए । दोस्रो पटक पनि अमरेशको समूहले अधिवेशनलाई ३÷४ दिन स्थगित गराएको थियो ।

अमरेशलाई सर्लाही कांग्रेसका कार्यकर्ताले महाधिवेशन प्रतिनिधिमा हराइदिएपछि शेखर समूहलाई तनाब भएको थियो । शेखर समूहका सभापतिका उम्मेदवारलाई जिताउ आफै उप–सभापतिमा हारेर सडकमा आइपुगेका नेता चन्द्र भण्डारी दलबलसहित सर्लाही आएका थिए । भण्डारी र अमरेशको चुरीफुरी समाप्त भएको छ ।

यसैबीच, पदाधिकारीमा एक जना उप–सभापति बाहेक सबै संस्थापन समूहका निर्वाचित भएका छन् ।

उप–सभापतिमा संस्थापनका डा.सरोज यादव १ हजार ७६४ मतसहित निर्वाचित भएका छन् । शेखर समूहका नवीन अधिकारीले १ हजार ४९३ मतका ल्याएर उप–सभापतिमा जित हासिल गरेका छन् ।

सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ मत र मनोज यादव १ हजार ४२६ मतका साथ निर्वाचित भएका छन् ।

सह–सचिवमा संस्थापनका ईन्द्रबहादुर योञ्जन १ हजार ७११ मत र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी भएका छन् ।

Published : Monday, 2022 March 14, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया