सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापनका जंगबहादुरको शानदार जित, भगौडाको पत्तासाफ
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापन समूहका जंगबहादुर तामाङ विजयी भएका छन् ।
आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९१२ मतसहित सभापतिमा विजयी हासिल गरेका हुन् ।
नेता शेखर कोइराला समूहका सभापतिका उम्मेदवार वंशलाल तामाङ पराजित भएका छन् । वंशलालले ८४८ मत पाएका छन् ।
सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो । जंगबहादुरले वंशलाललाई ६४ मतको अन्तरले पराजित गरेका हुन् ।
जंगबहादुरलाई सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको समर्थन थियो ।
शेखर कोइराला समूहका वंशलाललाई सभापतिमा तेस्रो नम्बरमा पराजित भएका संस्थापन समूहका भगौडा बागी प्रेमध्वज लामाको समर्थन थियो ।
प्रेमध्वजले संस्थापन समूहका जंगबहादुरलाई हराउन ठूलो प्रयास गरेका थिए । तैपनि केही चलेन ।
मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकमा कमजोर बनाउन जंगबहादुरलाई सभापतिमा सिध्याउन कम्युनिस्टहरूले पनि ठूलो चलखेल गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया