सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापनका जंगबहादुरको शानदार जित, भगौडाको पत्तासाफ

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापन समूहका जंगबहादुर तामाङ विजयी भएका छन् ।

आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९१२ मतसहित सभापतिमा विजयी हासिल गरेका हुन् ।

नेता शेखर कोइराला समूहका सभापतिका उम्मेदवार वंशलाल तामाङ पराजित भएका छन् । वंशलालले ८४८ मत पाएका छन् ।

सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो । जंगबहादुरले वंशलाललाई ६४ मतको अन्तरले पराजित गरेका हुन् ।

जंगबहादुरलाई सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको समर्थन थियो ।

शेखर कोइराला समूहका वंशलाललाई सभापतिमा तेस्रो नम्बरमा पराजित भएका संस्थापन समूहका भगौडा बागी प्रेमध्वज लामाको समर्थन थियो ।

प्रेमध्वजले संस्थापन समूहका जंगबहादुरलाई हराउन ठूलो प्रयास गरेका थिए । तैपनि केही चलेन ।

मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकमा कमजोर बनाउन जंगबहादुरलाई सभापतिमा सिध्याउन कम्युनिस्टहरूले पनि ठूलो चलखेल गरेका थिए ।

Published : Sunday, 2022 March 13, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया