कांग्रेसका कारण उत्सवमय बन्यो पूरै देश, कार्यकर्ता खुसीले गदगद

काठमाडौं । नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेसलाई जितऔँ’ अभियान आइतबारबाट शुरू गरेको छ ।

कांग्रेसले अभियान चलाउनका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिहरूले अभियानको सुरुवात गरेका हुन् ।

प्राविधिक समस्या भएका केही जिल्ला बाहेक अधिकांश जिल्लामा अभियानको उद्घाटन भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको प्रचार–प्रसार, एमसीसीको बारेमा कम्युनिस्टले फिजाएको भ्रमलगायतका विषयमा जनतालाई बुझाउन निर्देशन दिएका छन् ।

एमसीसीका विषयमा केही तत्वले गलत प्रचार गरेका छन् । अमेरिकाले अनुदानमा दिएको रकमका विषयमा भ्रम फैलाउन कार्य गरेपछि कांग्रेसले सित्तैमा नेपालको उर्जाको विकास गर्न दिएको पैसा हो भनेर जनतालाई बुझाउ केन्द्रीय प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

एक महिना अर्थात वैशाख ३ गतेसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरू हरेक वडा–वडामा पुगेर कांग्रेसको उदेश्यका विषयमा जानकारी गराउनुपर्नेछ ।

Published : Sunday, 2022 March 13, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया