एआईजीमा बढुवा हुनेहरूको नाम फाइनल, सिंह-अर्याल-पन्तको भाग्य खुल्यो

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवाको तयारी गरेको छ ।

उच्च स्रोतका अनुसार डीआईजी धिरजप्रताप सिंह, बसन्त पन्त र घनश्यम अर्यालको एआईजीमा बढुवाको तयारी भएको छ ।

एआईजी बन्न अन्य डीआईजीहरू पनि दौडधुपमा लागेका छन् । तर, रिपब्लिका दैनिकले फेला पारेको सूचनाअनुसार सिंह, पन्त र अर्याललाई सरकारले बढुवाको तयारी गरेको हो । कुनै उथलपुथल भएन भने सिंह, पन्त र अर्याल एआईजी बन्ने पक्का छ ।

प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीसहितका एआईजीहरूले एक महिनापछि उमेर हदका कारण अनिर्वाय अवकास पाउनुभन्दा अगाडि नै सरकारले तीन जना डीआईजीलाई एआईजीमा बढुवा गने तयारी गरेको छ ।

Published : Sunday, 2022 March 13, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया