गृहमन्त्री खाणले सीके राउतको कालोझण्डाको यसरी ब्याख्या गरेपछि कार्यकर्ता खुसीले चकित

भैरहवा । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सीके राउतको जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएपछि सो कार्यलाई आफूले सम्मान गरेको बताएका छन् ।

गृहजिल्ला रुपन्देहीमा कांग्रेसको कार्यक्रममा भाग लिन आएका बेला जनमत पार्टीका कार्यकर्ताले खाणलाई कालोझण्डा देखाएर विरोध जनाएका थिए ।

कांग्रेसको रुपन्देही क्षेत्र नं. १ ले धकधईमा शनिबार आयोजना गरेको बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खाणले शान्तिपूर्ण रुपमा कालोझण्डा देखाएर आफ्ना असन्तुष्टि राख्न सबैले पाउने बताए । त्यसकै लागि नै नेपाली कांग्रेसले आन्दोलन गरेर प्रजातन्त्र ल्याएको उनले बताए ।

गृहमन्त्री खाणले कालोझण्डा देखाउने कार्यलाई आफूले सधैँ सम्मान गर्ने बताएका छन् ।

प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र विरोध गर्ने अधिकारी सबैलाई रहेको उनले बताए ।

कालोझण्डा देखाउनकै लागि रुपान्तरण र परिवर्तन ल्याएको उनको भनाइ छ ।

गृहमन्त्री खाणले सार्वजनिक कार्यक्रममा सीके राउतको जनमत पार्टीका कार्यकर्ताको प्रशंसा गरेपछि ती प्रदर्शनकारी खुसीले चकित परेको चर्चा कार्यक्रममा भएको थियो ।

Published : Sunday, 2022 March 13, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया