बागी उठ्दा पनि सिन्धुपाल्चोक कांग्रेसमा जंगबहादुर पहिलो, सभापतिमा पुनः मतदान हुने

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ ।

शनिबार मध्यराति मतगणनामा १८६८ मत गणना भएको थियो ।

सभापतिका उम्मेदवार जंगबहादुर लामा ७०४ मतसहित पहिलो स्थानमा छन् । उनलाई सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको समर्थन थियो ।

शेखर कोइरालाको समूहका वंशलाल तामाङले ६०३ मतसहित देस्रो भएका छन् ।

संस्थापन समूहका बागी उम्मेदवार प्रेमध्वज लामा ४७२ मतसहित सबैभन्दा पुच्छारमा रहेका छन् ।

दोस्रो चरणको मतदान आजै साढे दश बजेदेखि हुनेछ । दोस्रो चरणमा जंगबहादुर लामा र वंशलाल तामाङबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ ।

सिन्धुपाल्चोकमा संस्थापन समूह बलियो छ । त्यसमा पनि नेता मोहनबहादुर बस्नेत निकै बलियो मानिन्छन् ।

Published : Sunday, 2022 March 13, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया