लुम्बिनी कांग्रेसको दलित संघमा संस्थापनको टिम विजयी, शेखर समूहले तोरीको फूल देख्यो

प्यूठान । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ लुम्बिनी प्रदेश कार्यसमितिको सभापतिसहित पूरै टिम संस्थापन समूहले कब्जा गरेको छ ।

शनिबार प्राप्त मतदानको नतिजाअनुसार संस्थापनका जोगेन्द्र विश्वकर्मा सभापतिमा निर्वाचित भएका छन् ।

तीन उपाध्यक्षमा उर्मिला ताम्राकार, मोलहे आर्य धोवी, बब्लु रैदास निर्वाचित भएका छन् ।

सचिवमा मोनप्रसाद विश्वकर्मा, सह–सचिवमा खेमराज विक सेञ्चुरी निर्वाचित भएका छन् ।

सदस्यहरूमा धनसरा सुनार, रेखा नेपाली, लक्ष्मीदेवी सुनार, परमसिला हरिजन चमार, सपना विकस, प्रेमबहादुर सुनार, करिम धोबी, रामदास चमार, ईश्वरी सुनार र जयकणप्रसाद पासी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालको विशेष भूमिका र पहलमा संस्थापनले दलित संघ लुम्बिनीमा कब्जा जमाएको हो ।

शेखर कोइराला समूहबाट सह–महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र सह–महामन्त्री खगरज पाण्डेले मोर्चा सम्हालेका थिए । शेखर समूहलाई उप–सभापति खनालले हराइदिएका छन् ।

प्यूठान जिल्ला शेखर समूहको पकड मानिन्छ । लुम्बिनी प्रदेशमा शेखर समूहले उप–सभापति बाहेक सबै जितेको छ । भ्रातृ संगठनमा गुमाउन थालेको छ । यसको सुरुवात दलित संघबाट भएको छ ।

Published : Saturday, 2022 March 12, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया