गठबन्धन भत्काउने उट्पट्याङ बोल्दै आएका शेखरका ‘दूत’द्वारा ओलीसँग भेट

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारीले भेट गरेका छन् ।

भण्डारीले ओलीसँग शुक्रबार भेट गरेका हुन् । भेटमा के कुरा भएको केही भनिएको छैन । तर, ओलीसँग निकै खुसी मुडमा भण्डारीले कुराकानी गरेको तस्वीरमा देखिएको छ ।

भण्डारीले ओलीसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा राखेर के सन्देश दिन खोजेका हुन् केही भनिएको छैन । आफ्नो पार्टीको सभापति शेरबहादुर देउवासँग खिचिएको तस्वीरलाई भण्डारीले सामाजिक सञ्जालमा राख्दैनन् । तर, भण्डारीले कम्युनिस्टसँग खिचिएका तस्वीर गर्भका साथ राख्ने गरेका छन् ।

शेखर कोइराला समूहबाट उप–सभापतिमा उम्मेदवार बनेर पराजित बनेका भण्डारीले बेलाबेला उट्पट्याङ गर्छन् ।

बिगतमा ओली प्रधानमन्त्री बनेका बेला बालुवाटारमा सुटुक्क पुगेर नेता भण्डारीले भेट गरेका थिए ।

कांग्रेस र एमालेबीच विभिन्न टिकाटिप्पणी भइरहेका बेला ओलीसँग भण्डारीले भेट गरेका छन् । भेटमा खोटाङ कांग्रेसका जिल्ला नेता सुवासचन्द्र पोखरेल पनि सँगै देखिएका छन् । पोखरेल पनि शेखर कोइराला समूहका हुन् ।

मनोनीत केन्द्रीय सदस्य नपाएपछि मुर्छित परेका नेता भण्डारीले बेलाबेला कम्युनिस्टसँग भेट गरेर मनोरञ्जन लिने गरेका छन् ।

Published : Friday, 2022 March 11, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया