कम्युनिस्ट मेयरका छोरालाई पक्राउ गर्न प्रहरी परिचालन, केपी ओली र शंकर पोखरेल चकित
तुलसीपुर । एमालेका नेता एवम् तुलसीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा तथा ठेकेदार अनुप पाण्डेविरुद्ध ठगी काण्डमा प्रहरीमा उजुरी दर्ता भएको छ ।
दाङका ठेकेदार पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको हो । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको छ ।
पाण्डेविरुद्ध एमाले घोराही उप–महानगरपालिकाका ईञ्चार्ज गेहेन्द्र बस्नेतले उजुरी दर्ता गराएका हुन् ।
घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उप–महानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेका थिए । टिपर प्रयोग गरेवापतको भाडा तथा इन्धनको १ करोड ४४ लाख रुपियाँ नदिएको आरोप छ ।
निर्माण व्यवसायी पाण्डेविरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए ।
आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । कागजात जुटाएर बस्नेतले प्रहरीमा मुद्दा दर्ता गराएका छन् ।
बस्नेतले पाण्डेसँग पैसा असुलीका लागि दाङ एमालेका नेताहरूसँग समेत आग्रह गरेका थिए । पाण्डेले अटेर गरेपछि बाध्य भएर बस्नेतले प्रहरीमा न्यायका लागि निवेदन दर्ता गराएका छन् ।
पटक–पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको बस्नेतले बताएका छन् ।
मुद्दा दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जीसमेत लिसकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्न उनको खोजी भइरहेको छ ।
यसअघि, निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् ।
४ करोड ४५ लाख रुपियाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिएका छन् ।
पाण्डेविरुद्ध सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
प्रशासनमा आएको उजुरी निवेदन चार लेन सडक आयोजना लमहीमा पठाइएको उनले बताएका छन् ।
घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय एमाले नेता समेत रहेका ठेकेदार अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो ।
समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।
तुलसीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डे एमालेका अध्यक्ष खड्गप्रसाद ओली र महासचिव शंकर पोखरेलका विश्वासपात्र मानिन्छन् ।
मेयर पाण्डेका छोराको हर्कतका विषयमा ईञ्चार्ज बस्नेतले अध्यक्ष ओली र महासचिव पोखरेलसम्म कुरा पुर्याएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया