कांग्रेस नेतृत्वको सरकारको बबाल निर्णयले एमालेभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले ५० वर्षमाथि उमेर समूहका नागरिकहरूको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरूको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई वर्षमा एक पटक निःशुल्क परीक्षण हुनेछ ।

सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा जेष्ठ नागरिकका लागि अस्पताल निर्माणका लागि कार्यदलमार्फत कामअघि बढाइसकेको जानकारी दिएका छन् ।

सरकारको यो निर्णयले एमालेलाई तनाब भएको छ । झण्डै दुईतिहाइको सरकार बनेका बेला एमालेले राम्रो काम गर्न नसकेको भनेर आलोचना भएका बेला कांग्रेस नेतृत्वको सरकारले जेष्ठ नागरिकका लागि काम गर्ने प्रयास गरेको छ ।

Published : Friday, 2022 March 11, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया