कांग्रेसलाई जिताउन यसरी बन्दैछ रणनीति, डा.महतले गरे खुलासा, ओलीको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा जे गर्दा धेरै सिट जितिन्छ त्यही गर्ने जनाएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले अहिले नै गठबन्धनका बारेमा कुनै निर्णय नगरेको बताए । उनले भने, ‘जे गरेर पार्टीले धेरैभन्दा धेरै स्थानमा जित हात पार्न सकिन्छ त्यही गर्ने हो ।’

डा.महतले कार्यसम्पादन समितिको बैठकले पनि गठबन्धनका बारेमा एउटा धारणा बनाएकाले थप टिप्पणी अरु कसैलाई पनि नर्गन आग्रह गरेका छन् ।

‘गठबन्धनका विषयमा धेरै चर्चा परिचर्चा हुन आवश्यक छैन’, उनले भने, ‘पार्टीका नेताहरूलाई पनि म यो आग्रह गर्छु ।’

उनले भने, ‘यो विषयमा धेरै बोलिरहन आवश्यक छैन । पार्टी सभापतिले पनि यही निर्देशन दिनुभएको छ ।’

‘निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समयमा निर्णय हुन्छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

प्रवक्ता डा.महतले एमसीसी सम्झौता पारित भइसक्दा पनि भ्रम फैलाउने क्रम जारी रहेको भन्दै चिन्ता जनाएका छन् ।

उनले एमसीसीमा भ्रम फैलाउने कार्यमा सत्ता गठबन्धन कै कतिपय दल रहेकोतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘एमसीसीमा विगतमा भ्रम फैलाइयो। हामी यसलाई चिर्दै अघि बढेका छौं’, उनले भने, ‘एमसीसीकै कारण गठबन्धनभित्र रहेको विरोधाभाष अवस्था सिर्जना भएको थियो ।’

‘त्यसलाई अन्त्य गर्दै अघि वढेका छौं, तै पनि भ्रमको खेती गर्ने काम जारी छ । हामी यसलाई चिर्छौ’, उनले भनेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा हरियो रंगको चिह्न बनाउने काम कांग्रेसको पक्षमा रहेको भनि गरेको टिप्पणीमाथि कांग्रेसले खण्डन गरेको छ ।

प्रवक्ता डा.महतले निर्वाचनको मतपत्र बनाउने कुरा निर्वाचन आयोगको भएकाले यो कुनै पार्टीको पक्ष वा विपक्षमा भन्न नमिल्ने बताएका छन् ।

‘हरियो रङमा आपत्ति गर्ने हो भने यत्रो ४० प्रतिशत वन नै फाड्नुपर्ने होला’, डा.महतले भने, ‘शायद नेपाली कांग्रेसको प्रभाव बढिरहेको महशुस एमाले अध्यक्ष खड्गप्रसाद ओलीले गर्नुभएको होला ।’

डा.महतले सभापति देउवाले सत्ता गठबन्धनको विषयमा अहिले प्रवेश नै नगर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।

‘अस्ति सभापतिज्यूले पनि निर्देशन दिइसक्नुभएको छ’, उनले भने, ‘गठबन्धनका विषयमा अहिले नै चर्चा परिचर्चा गर्न आवश्यक छैन ।’

कांग्रेसले स्थानीय तहको निर्वाचनअघि चलाउने एक महिने अभियानमा आफ्नो धरातलको यथार्थ विवरण संकलन गर्नेछ ।

नेता–कार्यकर्तालाई त्यहाँको वस्तुस्थितिबारे रिपोर्ट बनाउन लगाउनेछ ।

त्यसैगरी गठबन्धनमा सहभागी दलको अवस्थालाई समेत सोही रुपमा ‘मूल्यांकन रिपोर्ट’मा प्रस्तुत गर्नेछ ।

केन्द्रबाट वडाको अवस्था मूल्यांकन गर्न नसकिने भएकाले अभियानका क्रममा तथ्यांक संकलन हुनेछ ।

डा.महतले भने, ‘जुनबेला उम्मेदवार उठाउने समय आउँछ, हरेक पार्टीले आफ्नो मूल्यांकन गर्छन् ।’

‘अहिले वैशाख ३० को निर्वाचनलाई लिएर आ–आफ्नो तरिकाले कार्यक्रम, रणनीति र विचार लिएर जनताका माझमा जाँदैछौं’, उनले भने, ‘गठबन्धनका विषयमा समय आएपछि निर्णय हुन्छ ।’

यसैबीच, प्रवक्ता डा.महतले सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई प्रयोग गर्ने मामलमा कांग्रेस कमजोर रहेको बताएका छन् ।

आगामी दिनमा त्यसको भरपुर प्रयोग हुने उनले बताए । ‘सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई भरपुर प्रयोग गर्नुपर्छ’, उनले भने, ‘यस मामलामा कम्युनिष्ट पार्टी अगाडि छन् । हामीले पनि अव प्रयोग गर्नुपर्छ ।’

उनले काम मात्रै गरेर नपुग्ने भन्दै प्रचार अभियान समेत तीव्र पार्ने बताएका छन् ।

‘प्रचार अभियान चुस्त र दुरुस्त सम्प्रेषण गर्न यी माध्यमलाई पनि भरपुर प्रयोग गर्छौं’, प्रवक्ता डा.महतले भनेका छन् ।

Published : Wednesday, 2022 March 9, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया