एमालेका गाउँपालिकाका अध्यक्षसहित ठूलो नेताहरू कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत
काठमाडौं । एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
ललितपुरको सानेपास्थित कांग्रेसको मुख्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोक एमालेका ठूला नेताहरूलाई स्वागत गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा एमालेका नेताहरूलाई कांग्रेसमा प्रवेश गराइएको हो ।
कांग्रेस प्रवेश गर्नेमा एमालेको सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिना, सुभाष सन्दाससहित दर्जनौं नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सभापति एवम् प्रधानमन्त्री देउवाका साथै उप–सभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया