सर्लाही कांग्रेसमा चुनाव नहुँदै देउवा समूहले खाता खोल्यो, शेखर–सिंहलाई झट्का
मलंगवा । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटको समूहका चार जना सदस्य निर्विरोध भएका छन् ।
सर्लाहीमा आइतबार भएको निर्वाचन प्रक्रियामा चार जना सदस्य निर्विरोध भएको कांग्रेसका युवा नेता विकास ठाकुरले जानकारी दिए ।
सदस्यमा निर्विरोध हुनेहरूमा रामचन्द्र कापर, रामचन्दर कोइरी महतो, पुष्पादेवी राम र नितुदेवी यादव रहेका छन् ।
निर्विरोध हुनेहरू सबै सभापतिका उम्मेदवार सुरेन्द्रप्रसाद सिंहको प्यानलका हुन् ।
नेता शेखर कोइराला र अमरेशकुमार सिंहको समूहले सभापतिमा लक्ष्मण रायलाई उम्मेदवार बनाएको छ ।
शेखर समूहका आठ जना उम्मेदवारहरूको उम्मेदवारी रद्द भएपछि झट्का लागेको छ ।
Published : Sunday, 2022 March 6, 4:36 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया