कम्युनिस्ट रुस विश्वबाट एक्लियो, युक्रेनले सबैको माया र सहानुभूति पायो, पुटिनलाई ठूलो क्षति

काठमाडौं । शक्तिशाली रुसले आफूभन्दा निकै कमजोर युक्रेनमाथि आक्रमण गरेपछि रुस विश्वबाट एक्लिएको छभने आलोचना खेप्दै आएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको सोमबार ५औँ दिन भएको छ । रुसले चाहे जस्तो उपलब्धी हासिल गर्न सकेको छैन । रुसले दैनिक दुई अर्ब डलर नोक्सानी व्यहोर्नु परेको छ ।

रुसले युक्रेनमाथि हवाइ आक्रमण र बम वर्षा गरेर ठूलो क्षति पुर्‍याए पनि युक्रेनका सेना र नागरिकहरूले पनि रुसलाई क्षति पुर्‍याइरहेका छन् ।

युक्रेनका विभिन्न स्थानमा रुसका ट्याङक र सैनिक चढेका गाडीहरू क्षतिग्रस्त अवस्थामा पुगेका दृष्यहरू आएका छन् ।

रुसमा भ्लादिमिर पुटिन राष्ट्रपति छन् । उनी कम्युनिस्ट हुन् । रुसमा कम्युनिस्ट शासन व्यवस्था छ । युक्रेनमाथि आक्रमण गरेर पुटिनले आफ्नो कम्युनिस्ट र निरंकुश अनुहार प्रदर्शन गरेका छन् ।

रुसलाई चीनले समेत सिधै सहयोग गर्न अस्वीकार गरिरहेको छ । रुस र युक्रेनका पक्षमा खुलेर नबोलेको चीनले रुसप्रति सहानुभूति देखाए पनि बोलेको छैन । चीन पनि कम्युनिस्ट शासन व्यवस्था भएको देश हो ।

अमेरिका, युरोपियन देशहरूसहित विश्वले रुसको आलोचना गरेका छन् । नेपालले समेत रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको छ । नेपालले युक्रेनमाथिको आक्रमण रोकेर सम्वादमार्फत निकास निकाल्न रुसलाई आग्रह गरेको छ ।

नेपालमा समेत रुसविरुद्ध दिनदिनै प्रदर्शनहरू भएका छन् । काठमाडौंस्थित रुसी राजदूतावास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी हुने गरेका छन् ।

युक्रेनमाथि आक्रमण गरेपछि एक्लिएको रुसको युक्रेनका जनताले डटेर सामना गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसविरुद्ध आफै मैदानमा उत्रिएर भिडिरहेका छन् ।

युक्रेनका जनता र सेनाको मनोबल बढाइरहेका छन् । देश छाडेर सुरक्षित ठाउँमा जान अमेरिकाले गरेको आग्रहलाई सिधै अस्वीकार गरेर राष्ट्रपति जेलेन्स्की सेनाका योद्धा सरह लडिरहेका छन् ।

युक्रेनका जनताले रुसका सेनालाई गाली गर्नेदेखि आक्रमण गरिरहेका छन् । साना बच्चा र वृद्धाहरूले समेत रुसी सेनालाई युक्रेन छाडेर जाउ भनेर गाली गरेका भिडियो आइरहेका छन् ।

युक्रेनलाई विश्वभरिबाट सहयोगहरू आइरहेको छ । अमेरिका र युरोपका देशहरूले सैन्य सहायता दिएका छन् । आर्थिक सहयोग पनि दिएका छन् । युक्रेन उच्च मनोबलसहित लडिरहेको छ । रुस भने एक्लिएपछि कमजोर मानसिकतामा युक्रेनमा छिरेर लडाइ गरेको छ ।

युक्रेनी अधिकारीहरूले फेसबुक पोस्टमार्फत पछिल्लो चार दिनको लडाइँमा ५ हजार ३ सय रुसी सैनिक मारिएका छन् ।

रुसका १९१ ट्याङ्कर, २९ लडाकु विमान, २९ हेलिकप्टर र सैनिक बोकेका ८१६ सशस्त्र सवारी साधन ध्वस्त भएका छन् । युक्रेनको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

तथापि बेलायतको रक्षा मन्त्रालयले प्रारम्भिक युद्धमा रुसले भारी क्षति बेहोरेको विश्वास गरेको छ ।

यसअघि आइतबार रुसी रक्षा मन्त्रालयले आफ्नो सेनालाई क्षति पुगेको स्वीकार गरेको थियो । यद्यपि अधिकारीहरूले क्षतिको यकिन विवरण भने दिएका छैनन् ।

यसैबीच, संयुक्त राष्ट्रका पर्यवेक्षकहरूले प्रारम्भिक लडाइँमा ९४ सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणबाट भयानक मानवीय क्षति भएको छ । मृत्यु हुनेको संख्या अझै बढी हुनसक्छ ।

Published : Monday, 2022 February 28, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया