चीन, भारतसहित मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्न : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले भारत, चीनलगायतका मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
मन्त्री कार्कीले भने, ‘सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्र राष्ट्रहरू भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ ।’
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित भएको भोलिपल्ट सरकारले चीनलाई आश्वस्त गराउने गरी निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय संघ संस्थाप्रति आभार व्यक्त गरेको छ ।
सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया