एमालेले संसदमा उत्पात मच्चायो, ओलीपनि नारा लगाउन पुगे
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमालेले फेरि पनि उत्पात मच्चाएको छ ।
आइतबार बसेको संसदको बैठकमा एमालेका सांसदहरूले नारावाजी गरेर अबरोधको प्रयास गरेका हुन् । एमालेका सांसदहरूले नारावाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कामकारबाही अगाडि बढाएका हुन् ।
एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता समेत रहेका खड्गप्रसाद ओली पनि उभिएर विरोध गरेका थिए । ओली उभिएर विरोध गरे पनि एमालेकै अर्का सांसद भीमबहादुर रावल भने कुर्सीमा बसेका थिए ।
एमालेका सांसदहरूले आफ्ना १४ जना सांसदहरूलाई कारबाहीको सूचना जारी गर्न माग गरेर सदनमा नारावाजी गरेका हुन् । उनीहरूले एमसीसीको भने विरोध गरेका थिएनन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको प्रस्ताव छलफलको लागि पेश गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया