चाइनिज पूर्व राजदूतले औकात भुले, पूर्व मुख्यसचिव भएर एमसीसीको विरोध

काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचव एवम् माओवादी केन्द्रका नेता लीलामणि पौडेलले एमसीसीका विरुद्ध दिएको अभिव्यक्ति र टिप्पणीलाई लिएर विवाद भएको छ ।

आफ्नो टिप्पणीको धेरै आलोचना भएपछि पौडेलले माफी समेत मागेका छन् । पूर्व मुख्यसचिव जस्तो व्यक्तिले एमसीसीविरुद्ध भ्रामक कुराहरू गरेका छन् ।

पौडेल चीनका लागि नेपालको पूर्व राजदूत समेत हुन् । उनले एमसीसीको पक्षमा बोल्नेहरू पैसा खाएर बोलेका हुन् भनेर तल्लो तहको अभिव्यक्ति दिएका छन् ।

अरुलाई पैसा खाएको आरोप लगाउने पौडेलले चीनको पैसा खाएर एमसीसीको विरोध गरेको आरोप छ ।

पौडेलले एमसिसीको पैसा आएको अभिव्यक्ति दिँदा उनका आलोचकले भने पौडेल पनि चीनबाट परिचालित भएर एमसिसीको विपक्षमा उभिएको आरोप लगाउँदै आएका छन् ।

पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा चीनका लागि नेपालका राजदूत भएका थिए ।

सरकारले पौडेलको कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएको थियो । पौडेल माओवादी केन्द्रको विदेश विभागमा बसेर काम गर्न पनि थालेका छन् ।

माओवादीले एमसीसीको विपक्षमा उभिएर विरोध गर्दै आएको छ ।

एमसिसी सम्झौता नेपालले नगरोस् भनेर चीनले राजनीतिक नेतृत्वलाई घुमाउरो ढंगले दबाब दिँदै आएको छ ।

Published : Sunday, 2022 February 27, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया