चीनले नेपाललाई मिटर ब्याजमा ऋण दिएको खुलासा, पोखरा र भैरहवा विमानस्थल कब्जा गर्ने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण वैदेशिक सहायताको संसारमै महँगो पाइएको छ ।

चीनको ऋणको ब्याजदर २ प्रतिशत रहेको छ । चीनको ऋणको रकममा २५ वर्षे म्याचुरिटी अवधि र थप ७ वर्षे ग्रेस अवधि रहेको छ ।

म्यानेजमेन्ट फी र कमिटमेन्ट फीसमेत जोड्दा यसको ब्याज २.७५ प्रतिशत पुग्ने अर्थ विज्ञहरूले बताएका छन् ।

चिनियाँ सामान र चिनियाँ ठेकेदार राख्नुपर्ने जस्ता अनेकन शर्तहरू यसमा छुट्टै थपिएका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा अमेरिकी कानून भनेजस्तै यसमा चिनियाँ कानून लागू हुने नै प्रावधान छ ।

नेपालको इतिहाँसमै अहिलेसम्म लिएको ऋणमध्ये चिनियाँ ऋण नै सबैभन्दा महँगो ऋण हो । चीनसँग लिइएको ऋण डलरमा लिएको छ ।

नेपालको मुद्रास्फितीको दरसँग समायोजन गर्दा चीनको ऋणको ब्याजदर अहिले नै करीव १४ प्रतिशत हुन्छ ।

२० वर्षपछि झण्डै तीन सय प्रतिशत हुने अर्थ विज्ञहरूको भनाइ छ । चीनले दिएको ऋण नभइ ऋणको पासो भनेर टिप्पणी गरिएको छ ।

क्यासिनोमा चल्ने मिटरब्याजभन्दा चर्को रहेको आरोप चीनमाथि लाग्न थालेको छ । चीनले नेपाललाई ऋणका नाममा मिटर ब्याजमा पैसा लगानी गरेको आरोप छ ।

चीनले यस्तै महङ्गो ब्याजको ऋण दिएर बनाएको श्रीलंकाको बन्दरगाह चर्को ब्याज तिर्न नसकेपछि ९९ वर्षका लागि आफैंले लिजमा लिएको छ ।

युगाण्डाको एअरपोर्ट अनि घानाको मुख्य पोर्ट पनि ब्याजको सट्टामा चीनले नै लिजमा लिएर चलाइरहेको छ ।

चीनसँग नेपालले पोखरा र भैरहवा एअरपोर्ट लगायतमा यस्तै चर्को ब्याजमा सबैभन्दा बढी ऋण लिइएको छ । चीनको यो ऋणले नेपालमा कब्जामा लिएर के गर्ने हो भनेर चिन्ताको विषय बन्न थालेको छ ।

Published : Saturday, 2022 February 26, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया