खड्गप्रसाद ओली र प्रदीप ज्ञवालीबारे माधव नेपालको शक्तिशाली खुलासा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाललाई सिध्याउन खोजेको तर आफूहरूले बचाएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालले एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको बताए ।
उनले विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउने भनेर ओलीले तयारी गरेको भन्दै आफूहरूको विरोधका कारण त्यो रोकिएको बताए ।
‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई’, उनले भने, ‘केपी आएपछि त सिध्याइदिन्छन् ।’
उनले एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरूको स्पष्ट धारणा रहेको बताएका छन् ।
‘एमसीसीको सन्दर्भमा हाम्रो कुरा के हो भने त्यो विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्दछ’, अध्यक्ष नेपालले भने, ‘यो अनुदान रकमको रुपमा हुनुपर्दछ, वैदेशिक लगानीको रुपमा होइन ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया