एमसीसी ल्याउन ‘खनाल–रावल–प्रचण्ड–नारायणकाजी’ले नै निवेदन दिएको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रचार विभागका प्रमुख डम्बर खतिवडाले आफू अमेरिकन दलाल भएकै कारण एमसीसीको समर्थन नगरेको बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा खतिवडाले आफू अहिलेसम्म अमेरिका नगएको बताए । उनले भने, ‘मेरो पासपोर्ट हेर्न सक्नु हुन्छ म अमेरिका गएको छैन । अमेरिकी राजदूतावासमा प्रवेश गरेको पनि छैन । म दलाल होइन । मलाई कसैले दलाल भन्छन् भने कति ठाउँ खण्डन गर्दै हिँड्ने ?’

खतिवडाले एमसीसीको बचाउ गर्दै आएका छन् । उनले एमसीसीका विरुद्धमा भएका प्रचारप्रति चिन्ता जनाएका छन् ।

सुरक्षाकर्मीलाई ढुंगा हानेर घाइते बनाउँदैमा राष्ट्रवादी नहुने उनले बताएका छन् । खतिवडाले सत्तामा रहेका केही राजनीतिक दलहरूले कार्यकर्तालाई सडकमा उतारेर सुरक्षाकर्मीलाई ढुंगा हान्न लगाएकोमा विरोध गरेका छन् ।

उनले एमसीसीबाट नेपाललाई घाटा नहुने बताएका छन् । एमसीसीबाट नेपाललाई फाइदा नै हुने खतिवडाले बताएका छन् ।

‘नेपालले एमसीसीमा निवेदन दियो । झलनाथ खनाल प्रधानमन्त्री भएको समयमा निवेदन दिनभयो । यस्तो चिजहरू पनि आफ्नो नलेजमा राख्नु हुन्न्’, उनले भने, ‘हामीले नेटोसँग सम्झौता गरेका छैनौँ । हामी एमसीसीमा सम्झौता गर्दैछौं । एमसीसीको अनुदान सैन्य गतिविधिमा प्रयोग गर्नु हुँदैन भन्नेछ ।’

‘एमसीसीलाई सामान्य बहुमतले पारित गर्दै छौं । संविधान दुईतिहाइले बनाउने हो । सामान्य बहुमतले पारित हुनु भनेको ऐन सरहको अधिकार दिएको हो । एमसीसी संविधानभन्दा माथि छैन । संविधानको मातहत छ’, उनले भनेका छन् ।

‘अमेरिकाले नेपाल क्युबा र उत्तर कोरिया जस्तो देश हुन्थ्यो भने एमसीसी दिने थिएन’, उनले भने ।

एमसीसी शुरु भएको चार वर्षपछि चीन बोल्नु अपात्तिजनक रहेको उनले बताएका छन् । नेपाल र अमेरिकाबीचको सम्बन्धमा चीन बोल्न अश्वभाविक रहेको खतिवडाले बताएका छन् । एमसीसीले सुरक्षामा थ्रेट थियो भने चीनले कुटनैतिक नोट पठाएर नेपालसँग कुरा गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रचण्ड प्रधानमन्त्री भएको बेला एमसीसीको ड्राफ्ट भएको होइन ? कृष्णबहादुर महरा अर्थ मन्त्री भएको बेला एमसीसी ड्राफ्ट भएको होइन ? बाबुराम भट्टराईको नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुनुहुन्थिएन ? भीमबहादुर रावल रक्षा मन्त्री हुँदा एमसीसीको कार्यालय याक एण्ड यती होटेलमा अफिस खोल्न १३ अर्ब पैसा दिएको होइन ?’, खतिवडाले प्रश्न गर्दै भने, ‘यो सब चिज हामीलाई थाहा छैन ? यिनीहरूले सब नाटक गर्दैमा पत्याउनुपर्ने ? एकएक शब्द, डकुमेन्ट राखेर यिनीहरूसँग २० घण्टा बहस गर्न तयार छु । ढाँट्ने । अनि ठूलो कुरा गर्ने ?’

‘जनतालाई आवेगमा ल्याउने, अनि सडकमा लाठी खुवाउने ? आफ्नै कार्यकर्तालाई सडकमा पठाउने, आफै पुलिस लगाएर टाउको फुटाउने । अनि ठूलो कुरा गर्ने ?’, उनले भने, ‘झुठको राजनीति गर्ने, पाखण्डको राजनीति गर्ने ? २१औँ शताब्दीका नेपालीहरूलाई भ्रममा राख्ने ?’

उनले भने, ‘आफै देशलाई हानिपुर्‍याउने ? आफै राष्ट्रवादी हुने ? देशमा विजुली आउँदा, सडक बन्दा, विकास हुँदा विरोध गर्ने । विदेशी लगानी नहुँदा यी नेताहरूले आफै लगानी गरेर कुन योजना बनाए ?’

‘व्यापार घाटा, चालु खर्च आन्तरिक राजश्वले धान्न नसक्ने अवस्था छ’, खतिवडाले भने, ‘३० लाख नेपाली विदेशिएका छन् । उनीहरूको रेमिटेन्सले देश चलेको छ ।’

Published : Saturday, 2022 February 26, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया