कांग्रेस नेतृत्वको गठबन्धन बचाउन माधव नेपालद्वारा जोडदार प्रयास, प्रचण्डसँग कुराकानी

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकार र गठबन्धन संकटमा परेका बेला नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल धनगढीबाट काठमाडौं फर्किएका छन् ।

पार्टीको कार्यक्रममा भाग लिन बिहीबार अध्यक्ष नेपाल कैलाली गएका थिए । शुक्रबारको कार्यक्रम छाडेर उनी काठमाडौं आएका छन् ।

एमसीसीका विषयमा गठबन्धनभित्र विवाद भएर बिग्रिने अवस्थामा पुगेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष नेपालबीच टेलिफोन वार्तापछि काठमाडौं फर्किएको बुझिएको छ ।

पार्टीको कार्यक्रममा भाग लिन अध्यक्ष नेपालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए ।

माओवादीका अध्यक्ष दाहालले एमसीसीमा सहयोग गर्न नसकिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग नयाँ समीमरण गरेर अगाडि बढ्न खोजेपछि गठबन्धन भत्किन लागेको छ ।

Published : Friday, 2022 February 25, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया