कांग्रेस–एमाले वार्ता सकारात्मक, प्रचण्डको सातोपुत्लो उड्डयो

काठमाडौं । नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच भएको छलफल सकारात्मक दिशातर्फ गएको छ ।

बिहीबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस नेता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ मागेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफूहरूले जे मुद्दा उठाएर संसद अवरोध गरेको छ, त्यो विषय सम्बोधन हुनुपर्ने अडान राखेका छन् ।

आफूहरूका माग पूरा नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने ओलीले बताएका मन्त्री कार्कीले उल्लेख गरेका छन् ।

संसदलाई प्रभावकारी बनाउने विषयमा कांग्रेस र एमालेबीच निरन्तर छलफल गर्ने सहमति भएको उनले बताएका छन् ।

कांग्रेस र एमालेबीच भएको वार्ता सकारात्मक भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाब भएको छ ।

Published : Thursday, 2022 February 24, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया