ओलीले प्रचण्डलाई भाउ नदिएपछि मलिन भएर निस्किए, भिजेको मुसा झैँ देखिए माओवादीहरू

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भाउ नदिएपछि माओवादीका नेताहरू मलिन बनेका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा ओलीलाई भेट्न पुगेका अध्यक्ष दाहालसहित माओवादी नेताहरूलाई ओलीले भाउ नदिएका हुन् । ओली आफ्नो कुर्सीमा बसेका थिए । ओलीको कुर्सीको बायाँतर्फ दाहाल सोफामा बसेका थिए ।

यसअघि बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा ओली देउवा बसेकै सोफामा आएर बसेका थिए । देउवाको देब्रेतर्फ ओली बसेर आत्मियता देखाएका थिए ।

ओलीले भाउ नदिएपछि माओवादीका अध्यक्ष दाहाल तनाबमा देखिएका छन् । ओलीसँगको भेटपछि बाहिरिने क्रममा दाहालसहित माओवादी नेताहरूको अनुहार मलिन थियो ।

‘केपी ओली–देउवालाई सँगै सोफामै बसेर भेट दिए, प्रचण्डबाट टाढै बसे । बसाइँले पनि अर्थ राख्दो रहेछ’, पत्रकार जी.भट्टले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

‘ओलीलाई समाप्त गर्न खोजेका र समाप्त गरिएको घोषणा गरेकाहरू अन्ततः ओलीकै शरणमा पुगेका छन्, अब छिट्टै जनताको शरणमा जानुपर्नेछ’, पत्रकार भट्टले भनेका छन्, ‘अर्थात् चुनावी प्रतिगमनको विकल्प छैन । सत्ता स्थायी होइन भन्ने बुझ्दैछन् कमरेडहरू । जनता स्थायी हुन् ।’

Published : Thursday, 2022 February 24, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया