चीनद्वारा ओली–नेपालसँग आकस्मिक वार्ता, एमसीसी अस्वीकार गर्न र कम्युनिस्टहरू मिल्न दवाव

काठमाडौं । एमसीसीको विरोध गरिरहेको चीनले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेको छ ।

एमसीसी सम्झौताका विषयमा विवाद भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेताहरूले बुधबार ओली र नेपालसँग भिडियो सम्वाद गरेका हुन् ।

चीनले एमसीसीलाई अस्वीकार गर्न ओली र नेपाललाई दवाव दिएको स्रोतको भनाइ छ । कम्युनिस्ट पार्टीहरूका बीच पार्टी एकीकरण वा गठबन्धन गरेर अगाडि बढ्न चीनले सुझाव दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागले नेपालका दुई नेता ओली र नेपालसँग कुराकानी भएको जनाएको छ ।

सीपीसीको विदेश विभाग प्रमुख सोङ्ग ताओले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

चिनियाँ उप–मन्त्री चेन झाओले वुधबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालसँग छलफल गरेका छन् ।

नेपाली नेताहरुसँग दुई देशको सम्बन्ध र पार्टीको सम्बन्धलाई लिएर कुराकानी भएको सीपीसीको विदेश विभागले जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका चेनले चीनले सधैं नेपालीहरूलाई स्वतन्त्र रुपमा नै विकासको मार्ग छान्नमा साथ र सहयोग गर्ने बताएका छन् ।

Published : Thursday, 2022 February 24, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया