गृहमन्त्री खाण र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता, अब उथलपुथल हुने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।

बुधबार बिहान बालकोटस्थित निवासमा पुगेर गृहमन्त्री खाणले ओलीसँग भेट गरेका हुन् । खाण र ओलीबीच एमसीसी र अन्य विविध विषयमा छलफल भएको बुझिएको छ ।

गृहमन्त्री खाणले ओलीलाई संसदको अबरोध अन्त्य गरेर एमसीसी अनुमोदनमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

त्यसैगरी, भेटमा दुई दिन अगाडि बानेश्वरमा एमालेका अध्यक्ष ओलीमाथि केही उत्तेजित समूहले ढुंगा प्रहार गरेको र सो विषयमा गृह मन्त्रालयले गम्भीर रुपमा लिएर छानविन अगाडि बढाएको खाणले ओलीलाई जानकारी गराएका छन् ।

एमसीसीलाई लिएर सत्तागठबन्धनभित्रैका दलहरूले उत्पात मच्चाइरहेका बेला गृहमन्त्री खाणले एमालेका अध्यक्ष ओलीलाई भेटेर राजनीतिक संस्कार देखाएका छन् । खाणको यो भेटले राजनीतिमा उथलपुथल ल्याइदिने चर्चा हुन थालेको छ ।

Published : Wednesday, 2022 February 23, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया