खुमलटारमा देउवालाई देखेपछि भावुक बने प्रचण्ड, पग्लियो मन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारस्थित दाहालको निवासमा पुगेर देउवाले भेट गरेका हुन् । भेटमा एमसीसी पारित गर्ने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई बचाइराख्न माओवादीको पनि ठूलो भूमिका रहेको भन्दै एसीसीका विषयमा ठोस निर्णय लिन आग्रह गरेको स्रोतले जनाएको छ ।

माओवादीका अध्यक्ष दाहालले आफू चारैतिरबाट घेराबन्दीमा परेको भन्दै केही समय दिन आग्रह गरेको बुझिएको छ ।

तर, देउवाले समय दिनेभन्दा पनि एसीसीलाई पारित गराउन सहयोग गरेर गठबन्धन भत्कनबाट बचाउन आग्रह गरेका छन् ।

देउवासँग दाहालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग के कुरा भएको हो भनेर जानकारी मागेका छन् ।

जवाफमा देउवाले प्रमुख प्रतिपक्ष दल एमालेलाई सदनको अबरोध खोलेर एमसीसी पारित गर्न सहयोगका लागि आग्रह गरेको बताएका छन् ।

देउवाले ओलीलाई मंगलबार साँझ बालुवाटारमा बोलाएर भेट गरेपछि माओवादीका अध्यक्ष दाहाल झस्किएका छन् ।

Published : Wednesday, 2022 February 23, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया