राजदूतले सातो लिएपछि ओली दौडेर बालुवाटार छिरे

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

मंगलबार भक्तपुरको बालकोटस्थित ओलीको निवासमा भएको भेटमा एमसीसीका विषयमा कुराकानी भएको हो ।

ओली र बेरीबीच एमसीसीसँगको अनुदान सहायता सम्झौताका विषयमा छलफल भएको एमालेले जनाएको छ ।

राजदूत बेरीसँगको भेटवार्तापछि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् ।

प्रधानमन्त्री हुँदा ओलीले एमसीसी सम्झौता पारित गर्नुपर्ने बताउँदै आएका थिए । अहिले एमसीसीका विषयमा बोल्न मन गर्दैनन् ।

राजदूत बेरीले ओलीलाई एमसीसी अनुमोदन गर्न दवाव दिएको स्रोतको भनाइ छ ।

Published : Tuesday, 2022 February 22, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया