सरकारलाई असहयोग गरेका सापकोटाले धेरै औकात देखाए, साइजमा ल्याउन यस्तो छ प्रस्ताव

काठमाडौं । माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भूमिका र मर्यादालाई भुलेका छन् ।

सापकोटाले सभामुख पदको गरिमालाई बचाउन सकेका छैनन् । मान्छे मारेको अभियोगमा सर्वोच्च अदालतमा मुद्धा खेपीरहेका सापकोटालाई माओवादी र एमालेले जबरजस्ती सभामुख बनाएका हुन् । सापकोटालाई सभामुख बनाएकै दिनदेखि उनको तटस्थतालाई लिएर अनेकखालका प्रश्नहरु उब्जिएका थिए ।

सापकोटालाई सर्वोच्च अदालतबाट जहिले पनि झट्का लाग्न सक्छ । सर्वोच्चको फैसलाले सापकोटा जेल पनि जान सक्छन् । यस्ता सापकोटालाई सभामुख मान्नुपर्ने दलहरुको बाध्यता छ ।

अमेरिकन सहयोग एमसीसीका विषयमा सापकोटाले देखाएको व्यवहारले संसदीय पद्धतिलाई मान्ने दल र तिनका नेता कार्यकर्ताको मन दुखाएको छ । सापकोटाले संसदमा राजनीति गरेका छन् । सापकोटाले संसदमा राजनीति गर्न बन्द गर्नुपर्छ । औकातमा बस्नुपर्छ । नेपाली कांग्रेससँग पङ्गा लिँदा सापकोटालाई भारी पर्नेवाला छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार छ । सरकारले एमसीसीलाई संसदमा पेश गर्न खोजेको छ । तर, माओवादीका नेता समेत रहेका सभामुख सापकोटाले एमसीसीलाई अबरोध गरिरहेका छन् । उनले संसदमा बाटो छेकेर बसेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अगाडि बढाउन खोजेपनि सापकोटाको असहयोगले समस्या भइरहेको छ ।

सापकोटाले देउवा सरकारलाई चीन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उक्साहटमा लागेर समस्या बनाउँछन् भने सापकोटाको सभामुख पद सुरक्षित छैन । देउवा सरकारलाई असहयोग हुन्छभने सापकोटामाथि अविश्वासको प्रस्ताव ल्याएर पनि हटाउन सकिन्छ ।

सापकोटाले चीनलाई खुसी बनाउन एमसीसीका लागि संसदमा बाटोमा अबरोध गरेको आरोप छ । सापकोटालाई चीन निकट रहेको आरोप लाग्दै आएको छ । सापकोटाले आफ्नो छोरालाई चीनका लागि नेपाली राजदूत बनाउन दवाव दिँदै आएका छन् ।

Published : Sunday, 2022 February 20, 8:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया