देउवाले राम्रो कुरा बोलेपछि देशभरि खुसीयाली, एमालेलाई तनाब

काठमाडौं । निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको बताए । उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताए ।

उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको बताएका छन् ।

देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरेका छन् ।

‘कोभिड १९ को प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ’, उनले भने ।

‘यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको छ’, देउवाले भने, ‘सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार तथा सुदृढिकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ ।’

‘हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौं भन्ने मैले विश्वास लिएको छु’, उनले भने, ‘हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गइरहेका छौं । त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ ।’

‘ती सबै चुनावहरूलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकका शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिबद्ध हुन आवश्यक छ’, प्रधानमन्त्री देउवाले भनेका छन् ।

प्रधानमन्त्री देउवाले मुलुकको तिव्र गतिमा लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताएका छन् ।

निर्वाचनलाई लिएर कम्युनिस्टहरु तनावमा छन् । एमालेले सत्ता गठबन्धनमा देखिएको ऐक्यवद्धताबाट डराएको छ ।

Published : Saturday, 2022 February 19, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया