माओवादीले कम्युनिस्ट औकात देखाइछाड्यो, पुच्छर लुकाएर फरार

काठमाडौं । माओवादी केन्द्रले एमसीसी यथास्थितिमा सहयोग गर्न नसकिने जनाएको छ ।

काठमाडौंमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकले असमान शर्तहरू संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।

माओवादीले एमसीसीलाई सरकारले जबरजस्ती अगाडि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ ।

सरकारले बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ ।

माओवादी प्रमुख सचेतक देव गुरुङले भने, ‘एमसीसीमा रहेका असमान शर्तहरू संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन ।’

‘जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ’, उनले भनेका छन् ।

माओवादीकै सरकार रहेका बेला एमसीसी सम्झौता अगाडि बढाउने पहिलो निर्णय भएको थियो । बाबुराम भट्टराई त्यस बेला प्रधानमन्त्री थिए ।

माओवादीले एमसीसीमा दोहोरो चरित्र देखाएको छ । माओवादीले आफ्ना भ्रातृ संगठनहरूलाई आन्दोलनमा उतारेको छ ।

Published : Wednesday, 2022 February 16, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया