रामचन्द्रले चाइनिज दलाल कम्युनिस्टहरूलाई नाङ्गेझार बनाए, संकटका बेला एक देखियो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीप्रति भ्रममा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि दोहोरो भूमिका खेल्न नहुने बताए । ‘दाहाल र नेपाल एमसीसीलाई लिएर भ्रमको जालामो जेलिएका छन्’, उनले भने, ‘कम्युनिष्टका नेताहरू जेलिएका छन् ।’

‘एमसीसीको सुरुवात स्वयम् झलनाथ खनालजीबाट भएको हो’, नेता पौडेलले भने, ‘एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरू सबै संलग्न हुनुहुन्छ ।’

‘एमसीसी संसदबाट पारित गर्ने कुरा थिएन । केपी ओली प्रधानमन्त्री बनेपछि संसदबाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो’, उनले भने, ‘अमेरिकाले एमसीसीलाई संसदबाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन ।’

‘ओलीले यसलाई संसदमा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो’, कांग्रेस नेता पौडेलले भने, ‘अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होइन ? यसको परिणाम के हुन्छ ?’

‘नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरूलाई हामीविरुद्ध पु¥याउने काम पनि हुन्छ’, उनले भने, ‘म समाजवादी हो । म नेपालवादी हो । यस्तो किसिमको फट्याँइ मलाई मन पर्दैन् । डबल स्ट्याण्ड कसैले पनि नगरौं ।’

चीनले एमसीसीलाई नेपालमा छिर्न दिन चाहेको छैन । एमसीसीको विरोधमा चीनले साना र झिनामसिना कम्युनिस्टलाई उचालेको आरोप छ ।

चीन र अमेरिकाबीचको प्रतिस्पर्धामा एमसीसी परेको छ । चीनको पैसा खाने दलाल कम्युनिस्टहरूलाई एसमीसी रोक्न ठूलो दवाव छ ।

एमसीसी ल्याउनका लागि बाबुराम भट्टराई, पुष्पकमल दाहाल, झलनाथ खनालहरू नै लागेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले त उनीहरूले गरेको सहमतिलाई कार्यान्वयन गरेर विदेशी सहायता भित्र्याउन लागेका छन् ।

कम्युनिस्ट जस्तो दुइजिब्रो भएको नेताहरू कांग्रेसमा छैनन् । एमसीसी आएकै कारण अमेरिकी सेना नेपाल आउँदैन । एमसीसीको सम्झौतामा त्यो कुरा लेखेको छैन ।

Published : Wednesday, 2022 February 16, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया