देउवाद्वारा दाहाल–नेपालसँग वार्ता, तीन नेताबीच कुरा मिल्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छलफल भएको हो ।

देउवा, दाहाल र नेपालबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले जनाएको छ ।

तीन शीर्ष नेताहरूको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

बुधबार बोलाइएको संसदको बैठकमा एमसीसी टेबल गर्ने विषयमा शीर्ष नेताहरू सकारात्मक देखिएका छन् ।

Published : Tuesday, 2022 February 15, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया