देउवाको निर्देशनपछि एमालेको सातोपुत्लो उड्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका कारण संसद बन्धक बनाउन नहुने बताए ।

देउवाले एमाले सहमतिमा नआए पेलेरै अगाडि बढ्नुपर्ने संकेत थियो । देउवाको यो निर्देशनले एमालेको सातोपुत्लो उडेको छ ।

उनले विधेयकहरू अघि बढाउन आग्रह गरेका हुन् । एमाले सहमतिमा नआएपनि विधेयक अगाडि बढाउनुपर्ने देउवाको धारणा थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि विधेयक धेरै समयदेखि रोकिएको भन्दै चिन्ता जनाएका थिए ।

उनीहरूले एमालेलाई सहमति आउन आग्रह गरेका छन् । एमाले सहमतिमा नआए संसद चलाएर विधेयकहरू पारित गर्नुपर्ने दाहाल र नेपालको सुझाव छ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सकेसम्म सहमतिमा संसद् सुचारु गर्न सभामुख सापकोटालाई सुझाव दिएका छन् ।

एमालेले लामो समयदेखि संसदमा अवरोध गर्दा धेरै विधेयकहरू अल्झिएर बसेका छन् ।

संसद बैठकमा एमसीसी पेश गर्ने सन्दर्भमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

सापकोटाको सर्वदलीय बैठकलाई एमालेले बहिष्कार गरेको छ । एमालेका कारण सर्वदलीय बैठकले ठोस निर्णय गर्न सकेन ।

Published : Monday, 2022 February 14, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया