महाअभियोग दर्तापछि कांग्रेसभित्र खुसीयाली, पारित गराउन गगनको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गरेका छन् ।
ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूका बीच महाअभियोग प्रस्तावका बारेमा छलफल भएको हो । नेताहरूले प्रधानन्यायाधीश जबराले अटेर गरेर न्यायालयलाई नै संकटमा पारेपछि बाध्य भएर महाअभियोग लगाउनु परेको जनाएका छन् ।
महामन्त्री गगन थापाले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने निर्णय सकारात्मक रहेको बताएका छन् । उनले अन्य दलहरूलाई पनि विश्वासमा ल्याएर महाअभियोग प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।
बैठकमा नेताहरूको बोल्ने पालो नसकिएकाले मंगलबारसम्म स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गतेदेखि जारी छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले आफ्ना धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, एनपी साउँद र प्रवक्ता डा.प्रकाशशरण महतले पनि धारणा राखेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया