साँढे मन्त्री आलेले यी डलर तस्करलाई त्रिभुवन विमानस्थलमा रेष्टुरेन्ट चलाउन दिए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा जुनियर कर्मचारी प्रदीप अधिकारीलाई नियुक्ति गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डलर तस्करको चलखेल बढेको छ ।

विमानस्थलभित्र स्टे अर्डरका भरमा कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका सुवास श्रेष्ठले अन्तर्राष्ट्रिय स्टरायल कक्षमा पुनः कफीसप सञ्चालन गर्न मन्त्री आलेसँग सेटिङ मिलाइसकेको स्रोतको भनाइ छ ।

श्रेष्ठ सोही कफीसपबाट डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते पक्राउ परेका थिए । मन्त्री आले र महानिर्देशक अधिकारीबीच उनै डलल तस्करसँग मिलोमतो र साँठगाँठ हुने गरेको छ ।

बतास समूह, होटेल याक एण्ड यती, ड्रिम ल्याण्ड होटेलविरुद्ध हर्कत गर्दै आएका साँढे मन्त्री आलेले विमानस्थलबाट डलर तस्करीमा मुछिएर पक्राउ परेका श्रेष्ठलाई काखी च्यापेका छन् ।

श्रेष्ठले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाई प्रभुशमशेर जबरासँग सेटिङ मिलाई स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएका छन् ।

श्रेष्ठलाई मन्त्री आलेले संरक्षण गर्नु भनेको विमानस्थलबाट पुनः डलर तस्करी गर्न सघाउनु रहेको विमास्थलका कर्मचारीहरूले बताएका छन् ।

पर्यटन मन्त्रालयको बैठकमा पर्यटनसचिव महेश्वर न्यौपानेले स्टे अर्डरका भरमा चलेका कफीसप र पसललाई बन्द गर्नुपर्छ भनेर कुरा उठाउँदा मन्त्री आलेले ‘अहिले केही नगरौं, ६ महिनाजति चल्न दिउँ’ भनेर बैठकमै श्रेष्ठलाई जोगाउने कुरा गरेका थिए ।

मन्त्री आलेले श्रेष्ठसँग करोडौं लाभ लिएको र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पनि श्रेष्ठलाई संरक्षण गरी स्टरायल कक्षमा कफीसप सञ्चालन गर्न दिन लागेको स्रोतको आरोप छ ।

उक्त कार्यको सम्पूर्ण सेटिङ भने विमानस्थलका महाप्रवन्धक भोला गुरागाइँले गरेका छन् ।

अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउन आफैले पैसा खर्च गरेर सहयोग गरेको भन्दै डलर कारोबारी श्रेष्ठले आफू निकटस्थहरूलाई बताउन थालेका छन् ।

मन्त्री आलेले विमास्थलबाट डलर तस्करी गर्ने श्रेष्ठलाई किन संरक्षण गरिरहेका छन् ? विमानस्थलका कर्मचारीहरूले प्रश्न गर्न थालेका छन् ।

श्रेष्ठले अन्तर्राष्ट्रिय स्टराइल कक्षमा ठेक्का पारेर लिएको ठाउँ आगोलागी भएपछि नियमविपरित अर्को स्थानविना टेण्डर हडपेर कफीसप सञ्चाल गरी तस्करीको ढोका खोल्न लागेका छन् । विमानस्थल प्रशासनले पनि श्रेष्ठको उक्त गैरकानूनी हर्कतमा सहयोग गरिरहेको छ ।

सम्झौताअनुसार बतास समूहले नारायणहिटी दरबारमा बनाएको रेष्टुरेन्टको भौतिक संरचना भत्काएका आलेले विमानस्थलमा भने डलर तस्करलाई संरक्षण गरेर रेष्टुरेन्ट चलाउन दिएका छन् ।

Published : Sunday, 2022 February 13, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया