यी भीभीआईपीको झण्डा खुस्किएपछि कालोसिसा भएको गाडीबाट टापकसे

काठमाडौं । महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालत छाडेर झाडविहीन बनेर टाप कसेका छन् ।

आइतबार उनी परिसरबाट बाहिरिएका हुन् । जबरा झण्डाबिनाको गाडी लिएर अदालत परिसरबाट बाहिरिएका छन् ।

जबराविरुद्ध सत्तारुढका सांसदहरूले महाअभियोगको पत्र दर्ता गराएपछि स्वतः पदमुक्त भएका हुन् ।

संसद् सचिवालयले जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च अदालत, राष्ट्रपति र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलगायतका निकायहरूलाई जानकारी दिएको छ ।

यसैबीच, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउनेछन् ।

सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम भएका छन् ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

Published : Sunday, 2022 February 13, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया